केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

सहयात्रा टिभी

काठमाडौं । चैत्र २६, बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स र नेपाल बैंक गरी दुई कम्पनीको शेयर सूचीकृत भएको छ ।

गुहेश्वरी मर्चेण्टको ८ प्रतिशत बोनस शेयर वापतको ६ लाख ४० हजार कित्ता र नेपाल बैंकको १ करोड ३५ लाख ३९ हजार ३८४ दशलम २४ कित्ता बोनस शेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

आइतवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : 8 April, 2021

प्रतिक्रिया दिनुहोस्