केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खुट्टाको औंला अनुसार झल्किन्छ व्यक्तिको स्वभाव र चरित्र

सहयात्रा टिभी

काठमाडौं । चैत्र २६, मानव शरीरको विभिन्न अंगहरुको आफ्ना आफ्नै महत्व रहेको हुन्छ । शरीरको विभिन्न अंगहरुमध्ये मानिसको खुट्टाको औंलाले पनि व्यक्तिको स्वभाव, चरित्रलाई झल्काउँछ । खुट्टाको औंलाको आकारलाई हेरी व्यक्तिको व्यक्तित्व बुझ्न पनि सकिन्छ ।

सानो औंला–अन्तिम औंला सानो भएका व्यक्तिहरुको स्वभाव बाल–बच्चाको जस्तो जिम्मेवारी बहन गर्न मन पराउँदैनन् र चाडैं निराश हुने गर्छन् । यस्ता व्यक्तिहरु बढि रमाईलो गर्न मनपराउँछन् ।

चौथो औंला–चौथो औंला लामो भएका व्यक्तिले आफ्नो परिवारलाई निकै नै महत्वपूर्ण मान्छन् । यदि तपाईंको चौथो औंला घुमाउरो किसीमको छ भने , प्रेमसम्बन्ध निकै नराम्रो हुन्छ ।

तेस्रो औंला–खुट्टाको तेस्रो औंला लामो भएका व्यक्तिहरु आफ्नो काममा उर्जावान र सिपालु हुन्छन् । आफ्नो कामको लागि परिवार, प्रेम र मनोरञ्जनलाई पनि बिर्सन सक्ने यीनीहरुको नराम्रो स्वभाव हुन्छ । यीनीहरु जीवनमा काम गर्न भन्दा आराम लिनमा रुची राख्छन् ।

दोस्रो औंला–खुट्टाको दोस्रो औंला लामो हुने मानिसहरु लीडर, गतिशिल र सृजनात्मक ब गुण भएका हुन्छन् ।

ठूलो औंला–खुट्टाको पहिलो औंला अरु औंलाभन्दा धेरै लामो छ भने, त्यस्ता व्यक्ति स्मार्ट र क्रियटिभ स्वभावका हुन्छन् । समस्याको छिट्टै समाधान गर्न सक्छन् । त्यसैगरी खुट्टाको ठूलो औंला अरु औंलाभन्दा सानो छ भने, एकै समयमा धेरै काम गर्न सक्ने क्षमताको संकेत गर्छ ।

प्रकाशित : 8 April, 2021

प्रतिक्रिया दिनुहोस्