केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२० मिनेटमै अनुहार सुन्दर देखाउने केहि घरेलु उपाय

सहयात्रा टिभी

काठमाडौं । चैत्र २६, राम्रो बन्ने इच्छा सबैमा हुन्छ । त्यसकालागि कतिपयले क्रिमहरुको पनि प्रयोग गर्ने गरेका छन् । तर घरमै पनि छाला तथा अनुहारलाई चम्किलो बनाउने चिजहरु पाईन्छ । जन्मजात पाउने सुन्दरतालाई जोगाई राख्न र छालाको हेरचाह मार्फत थप सुन्दर र आकर्षक देखिन धेरैले प्रयास गरिरहेको हुन्छ ।

अनुहार सुन्दर देखाउने केहि घरेलु उपाय्हरु:

१. शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस्। अंगुर अम्लीय हुन्छ, अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ ।

२. अनुहारमा निखारता ल्याउन कागतीको रस गुणकारी मानिन्छ । कागतीको रसले अनुहारको फोहोर बाहिर ल्याउँछ र छालालाई कोमल बनाउँछ । यसका लागी नियमित रुपमा कागतीको रस अनुहारमा लगाएर दश मिनेट राख्ने र चिसो पानीले पखाल्ने गर्नुपर्छ ।

३. छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ।

४. बेसारको धुलो, बेसन र कागतीको रस मिसाएर लेप बनाई अनुहारमा लगाइ १० मिनेट राखेर पानीले पखाल्ने गरेमा यसले पनि अनुहारमा चमक ल्याउँछ । यो विधि सातामा चार पटकसम्म दोहोर्याएमा अनुहारको दाग हराउने र छालालाई मुलायम बनाउँछ ।

५. दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।

६. अनुहारको छाला सुख्खा र खस्रो छ भने दुध र मह मिसाएर लगाउने गरेमा अनुहारको सुख्खापन हराउदै जान्छ । यसका लागी एक चम्चा दुधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने र हल्का मालिस गर्ने र १५ मिनेटपछि सफा गरेमा अनुहारको सुख्खापन हराउँदै जान्छ ।

प्रकाशित : 8 April, 2021

प्रतिक्रिया दिनुहोस्