केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यानचेस्टर युनाइटेडको सानदार जित

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडद्धारा ग्रानडालाई २-० गोल अन्तरले पराजित गरी गएराति भएको खेलमा विजयी भएसँगै म्यानचेस्टर युनाइटेडले सेमिफाइनलको यात्रा बलियो बनाएको छ ।

म्यानचेस्टर युनाइटेडलाई जिताउन रासफोर्डले ३१ औं मिनेटमा र ब्रुनो फर्नान्डेसले ९० औं मिनेटमा १-१ गोल गरेका हुन् भने खेलको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाएका हुन् ।

युनाइटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुदै छ । यस्तै आर्सनल र स्लाभिया पार्गबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्