केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै

सहयात्रा टिभी

काठमाडौं चैत्र २९, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज आईतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बसिनेछ।

आजको बैठकमा १४ औं महाधिवेशन लगायत विषयमा छलफल गर्न बताएका छन् भने कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका बनाएको छ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य पनि थालेको छ। गत चैत २० को केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा माग गर्ने र सरकार बनाउन अग्रसरता देखाउने निर्णय गरेको थियो।

 

प्रकाशित : 11 April, 2021

प्रतिक्रिया दिनुहोस्