केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्यमा सामान्य गिरावट

सहयात्रा टिभी

काठमाडौं चैत्र २९, आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको बताईएको छ ।

यस्तैगरी तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको पनि महासंघले बताएको छ ।

 

 

प्रकाशित : 11 April, 2021

प्रतिक्रिया दिनुहोस्