केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यो साता शेयर कारोबार मात्र ३ दिन हुने

सहयात्रा टिभी

काठमाडौं चैत्र २९, यो साताको पहिलो दिन आज आइतबार घोडेजात्राका कारण र यसै साता वैशाख १ गते नयाँ वर्षको विदा परेकाले उक्त दिन बजार बन्द रहनेछ ।

फागुन मसान्तसम्मको वित्तीय अवस्थालाई हेर्दा सूचीकृत कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक देखिन्छ । तेस्रो त्रैमासको वित्तीय विवरण पनि बजारलाई सकारात्मक गतितर्फ अघि बढाउँने मद्दत गर्ने खालको आउँनेमा पनि लगानीकर्ता आशाबादी देखिएका छन् ।

यो साता तीन दिनमात्र कारोबार हुने भएकाले पनि दोस्रो बजारमा खरिद चाप बढ्नसक्ने भन्दै जानकारहरुले बजारले गति लिन सक्ने औल्याएका छन् ।

प्रकाशित : 11 April, 2021

प्रतिक्रिया दिनुहोस्