केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कश्मीरमा ४८ घण्टामा १० विद्रोही मारिएको भारतीय सेनाको दावी

सहयात्रा टिभी

काठमाडौं । चैत्र २९, पछिल्लो ४८ घण्टामा कश्मीरमा भएको छुट्टा छुट्टै मुठभेडमा कम्तीमा १० को मृत्यु भएको भारतीय सेनाले दावी रहेको छ । श्रीनगरको सेनाका प्रवक्ता एमरान मोस्वीका अनुसार दक्षिणी कश्मीरका शोपियाँ, पुलवामा र अनन्तनागमा बिद्रोही समूहसँग सेनाको भिडन्त भएको हो ।

प्रहरीका अनुसार शोपियाँको चौगाममा मारिएका पाँच जनाको सम्बन्ध हिज्बुल र लस्करे तैयबासँग थियो । उक्त भिडन्तमा चार सैनिक पनि घाइते भएको भारतीय सञ्चार माध्यमद्धारा उल्लेख गरीएको छ । त्यसैगरी, शोपियाँको हाडीपोरामा शनिबार र आइतबार बिद्रोही समूह र भारतीय सेनाबीच झडप हुँदा तीन जना मारिएका छन् ।

 

 

 

प्रकाशित : 11 April, 2021

प्रतिक्रिया दिनुहोस्