केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेस बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३०, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने छ ।

पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

यसअघि २० चैतमा बसेको कांग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय गरेको थियो ।

 

 

प्रकाशित : 12 April, 2021

प्रतिक्रिया दिनुहोस्