केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लण्डनमा आयोजित बाफ्टा फिल्म अवार्डको रेड कार्पेटमा बलिउड नायिका प्रियंकाको रेड हट अवतार

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३०, आइतबार लस एन्जेल्स र लण्डनमा ब्रिटिश एकेडेमी फिल्म अवार्ड –२०२१ आयोजना गरियो । लण्डनमा आयोजित अवार्ड कार्यक्रममा ३८ वर्षे बलिउड नायिकाको रेड हट अवतार देख्न पाइयो ।

सो कार्यक्रममा प्रियंका चोपडाले रातो इम्ब्रोइडरी गरिएको ज्याकेट र ट्राउजर लगाएकी थिइन् । यसपटक कार्यक्रमको थिम ‘सिलौटेज एण्ड स्टाइल्स’ राखिएको थियो ।

बेलायतमा आयोजित कार्यक्रममा द डुक अफ केम्ब्रिज, राजकुमार विलियम्स पनि उपस्थित हुने कार्यक्रम थियो । तर द डुक अफ एडिनबर्ग, राजकुमार फिलिप तथा विलियम्सका हजुरबुवाको निधन पछि उनी कार्यक्रममा उपस्थित भएनन् ।

 

प्रकाशित : 12 April, 2021

प्रतिक्रिया दिनुहोस्