केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वास्थ्य मापदण्ड बमोजिम सेतो मच्छिन्द्रनाथको रथयात्रा तयारी गर्ने

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३१, महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा गर्ने गरी रथ निर्माण सुरू गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ।

जात्राका लागि काठमाडौं महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको छ। कोरोना नसर्ने गरी सतर्कता अपनाएर रथयात्रा गर्ने गरी विभिन्न उपसमितिसमेत गठन गरिएको छ।

वैशाख २ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छिन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने संघ संस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले छलफल कार्यक्रम आयोजना गर्न लागेको संयोजक नीलकाजी शाक्यले जानकारी दिए।

प्रकाशित : 13 April, 2021

प्रतिक्रिया दिनुहोस्