केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यानमारमा कठोर प्रदर्शनी, नयाँ वर्ष नमनाउने

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३१, म्यानमारमा सैन्य कूविरुद्ध प्रदर्शन गर्दै आएका प्रदर्शनकारीले मुलुकको पाँच दिने नयाँ वर्ष नमनाउने भएका छन् ।

सामान्यतया नयाँ वर्ष प्रार्थना, सांस्कृतिक रुपमा बुद्धको मूर्ति सफा गरेर र सडकहरु सफा गरेर मनाइन्थ्यो । तर यसवर्ष सेनाविरुद्धको प्रदर्शन जारी रहेकाले नयाँ वर्ष उत्सव नमनाउने निर्णय गरिएको हो ।

नयाँ वर्षको अवधिमा पनि प्रदर्शनलाई निरन्तरता दिने प्रदर्शनकारीको नेतृत्व गरिरहेका नेताहरुले बताएका छन् । गत वर्ष पनि कोरोना महामारीको कारण नयाँ वर्ष मनाइएको थिएन । म्यानमारमा मंगलबारदेखि सुरु हुने नयाँ वर्ष शनिबार सकिनेछ । प्रदर्शनकारीहरुले मुलुकमा प्रजातन्त्र आएपछि मात्र नयाँ वर्ष मनाउने बताएका छन् ।

प्रकाशित : 13 April, 2021

प्रतिक्रिया दिनुहोस्