केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विद्यालयहरु कम्तिमा एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको शिफारिस

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना को बढ्दो संक्रमणको त्रासका कारण काठमाडौं उपत्यका लगायत ठूला शहरका विद्यालय एक महिना बन्द गर्न शिफारिस गरेको छ ।

बन्द अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन तथा विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न स्वास्थ्य मन्त्रालयले सम्बन्धित सबैलाई भनेको छ ।

मन्त्री त्रिपाठीले उपत्यकाका मात्र ७ र ८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुने भन्दै उपत्यकासहित १५ जिल्लाका ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिनुभयो ।

 

 

 

प्रकाशित : 13 April, 2021

प्रतिक्रिया दिनुहोस्