केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोलिदेखि रमजान पर्व सुरू

सहयात्रा टिभी

विराटनगर । चैत्र ३१, इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि सुरू हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व सुरू हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् ।

यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेण्डर अनुसार बुधबार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ ।

रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन रहेको छ ।

 

प्रकाशित : 13 April, 2021

प्रतिक्रिया दिनुहोस्