केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वैशाख ११ गते ऐतिहासिक सम्पदा धरहराको उद्घाटन

सहयात्रा टिभी

काठमाडौं । बैशाख १, विसं २०७२ को विनाशकारी भूकम्पबाट ध्वस्त भएकको ऐतिहासिक सम्पदा धरहरा टावरको पुनःनिर्माण पछि यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिए ।

भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापनाको कार्य सम्पन्नताको चरणमा पुगेकामा निर्देशक समितिको बैठकले खुशी व्यक्त गरेको छ । बैठकले विपद् व्यवस्थापनको दीर्घकालीन कार्यअन्तर्गत प्राचीन बस्ती, विश्व सम्पदा क्षेत्रसहित समग्र शहरी क्षेत्र खासगरी काठमाडौँ उपत्यकाको पुनःनिर्माण तथा पुनःस्थापनाको कामलाई समेत ध्यानमा राखी शहरी क्षेत्रको दीर्घकालीन पुनःनिर्माण कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत अघि बढाउने निर्णय पनि गरेको छ ।

प्रकाशित : 14 April, 2021

प्रतिक्रिया दिनुहोस्