केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ वर्षको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको चाप

सहयात्रा टिभी

काठमाडौं । बैशाख १, नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड बढेको छ । भक्तजनलाई दर्शन र पूजाआजको पनि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

पछिल्ला केही वर्षदेखि वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको छ । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले बताएको छ । नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

 

 

 

प्रकाशित : 14 April, 2021

प्रतिक्रिया दिनुहोस्