केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०२, इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४–२ को नतिजासहित सिटी अन्तिम चारमा पुगेको हो।

खेलको १५ औं मिनेटमा जुड बेलिङघमले गोल गर्दै डर्टमण्डलाई १–० को अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो।खेलको ५५ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको ७५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए।

 

प्रकाशित : 15 April, 2021

प्रतिक्रिया दिनुहोस्