केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्णाली प्रदेशका सभामुखद्धारा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाईयो

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०२, कर्णाली प्रदेशका सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार, बैठक भोलि दिउँसो दुई बजे बोलाइएको छ । सो प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध एमालेले अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

३९ प्रदेशसभामा २० सांसद रहेको एमालेले अविश्वासको प्रस्ताव अगाडि बढाएकाले यसपटक मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । अघिल्लो पटक भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले साथ दिएपछि मुख्यमन्त्रीको पद जोगिएको थियो ।

तर, यसपटक भने नेपालतर्फका तीन मन्त्रीले समेत राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रका नेता शाहीसँग १२, नेपाली काँग्रेससँग ६ र राप्रपासँग एक सिट रहेको छ ।

प्रकाशित : 15 April, 2021

प्रतिक्रिया दिनुहोस्