केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोल्याण्डमा आयोजीत विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुमिना पराजित

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०२, यही वैशाख १० गतेसम्म चल्ने पोल्याण्डमा आयोजना भइरहेको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिप खेलमा नेपाली बक्सिङ खेलाडी सुमिना खड्का पराजित भएकी छन।

पोल्यान्डको किल्सीमा आज भएको खेलमा महिला ५४ किलो तौल समूहतर्फ नेपाली खेलाडी खड्का बेलारुसकी विनाराभा आर्नासित अङ्कका आधारमा पराजित भएकी हुन। सो प्रतियोगितामा नेपालबाट खड्का र सुष्मा तामाङ सहभागी भएकी छन्। महिला ४८ किलो तौल समूहमा तामाङ वाइ पाएर दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

गत वर्ष चैत पहिलो साता ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट खेलमा खड्काले डेचेन शेर्पालाई तथा तामाङले रमिसा श्रेष्ठलाई पराजित गरेका थिए। पोल्याण्डमा जारी प्रतियोगितामा ५२ मुलुकका २७४ पुरुष तथा १४० महिला खेलाडीको सहभागिता रहेको छ।

 

प्रकाशित : 15 April, 2021

प्रतिक्रिया दिनुहोस्