केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेयरबजारबाट कमाएको रकम घरजग्गामा, ८ महिनामा ३१ अर्ब राजश्व संकलन

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०२, चालु आर्थिक वर्ष २०७७/०७८ को ८ महिनामा घर जग्गा कारोबारबाट ३१ अर्ब बढी राजश्व संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

कोरोना भाइरसको बढ्दो त्रासका कारण अर्थतन्त्र चलायमान हुने अरु क्षेत्र सुस्त हुँदा घरजग्गा कारोबार भने उल्लेख्य मात्रामा बढेको छ । इतिहासकै सबैभन्दा बढी फागुनमा मात्रै ७ अर्ब ५ करोड ९ लाख रुपैयाँ राजश्व उठेको छ ।

त्यसैगरी, ८ महिनामा संकलन भएको ३१ अर्ब ३२ करोड ८२ लाख राजश्वमध्ये रजिष्ट्रेसन दस्तुरवापत २१ अर्ब २७ करोड ९५ लाख, पुँजीगत लाभकरवापत ९ अर्ब ३० करोड ९७ लाख रुपैयाँ र बाँकी करिब १ अर्ब रुपैयाँ भने सेवा कर, बागमति सभ्यता शुल्क, अतिरिक्त शुल्क, जग्गाधनी प्रमाणपत्र प्रिन्ट शुल्क, रिकभर शुल्क, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क शीर्षकबाट संकलन भएको छ ।

प्रकाशित : 15 April, 2021

प्रतिक्रिया दिनुहोस्