केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्वनिर्धारित कार्यक्रमबिना नै अमेरिकी विदेश मन्त्री अफगानिस्तान आइपुगे

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०२, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कन पूर्वनिर्धारित कार्यक्रमबिना नै बिहीबार दिउँसो अफगानिस्तानको राजधानी काबुल आइपुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फर्किने घोषणा गरेको केही समयपछि नै ब्लिन्कन काबुल पुगेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक आउने सेप्टेम्बर ११ सम्म फिर्ता हुने घोषणा गरेका छन्।अफिगानिस्तानमा अमेरिका र अन्य नाटो राष्ट्रका झन्डै १० हजार सैनिक रहेका छन्।

 

प्रकाशित : 15 April, 2021

प्रतिक्रिया दिनुहोस्