केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आर्सनल युरोपा र म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा प्रवेश

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०३, इंग्लिस क्लबद्वय म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा ग्रानडालाई २–० ले पराजित गर्दै समग्रमा ४–० को नतिजासहित युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो । पहिलो लेगमा पनि युनाइटेड २–० ले नै विजयी भएको थियो ।

यस्तै ग्रानडाका जेसस भालेजुले इन्जुरी टाइममा आत्मघाती गोल गरेपछि युनाइटेड २–० ले विजयी भएको हो । डच क्लब अयाक्ससँग दोस्रो लेगमा १–१ को बराबरी खेलेपनि समग्रमा अयाक्सलाई ३–२ ले पराजित गर्दै रोमा सेमिफाइनल पुगेको हो । रोमाले पहिलो लेग २–१ ले जितेको छ।

प्रकाशित : 16 April, 2021

प्रतिक्रिया दिनुहोस्