केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साढे ६ करोड रुपैयाँ तिरेर अष्ट्रेलियामा घर बनाउदाँ खाए यस्तो झट्का

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०३, अस्ट्रेलियामा बसोबास गर्दै आएको विष्णु अर्यालले ७ लाख डलर तिरेर घर बनाउन एक कम्पनीलाई ठेक्का दिएका थिए । अर्यालका अनुसार उनले पूर्ण घर बनाउन ठेक्का दिएका थिए तर कम्पनीले बायाँतर्फ आधा घरमात्र बनाइदिएको छ र यो घर निकै कुरुप देखिन्छ ।

‘उनीहरुले हामीलाई १ वर्षमा घर बन्ने भनेका थिए तर हामीले ३ वर्ष पर्खिनुपर्यो । जब हामी घरको प्रगति हेर्न आयौं घर हामीले आशा गरेभन्दा फरक पायौं’ उनले भने ।

‘मैले सुपरभाइजरलाई फोन गरेर सोधेँ, के भइरहेको छ, घर किन यस्तो छ ? अनि उनले ‘यो डुप्लेक्स हो, अर्ध डुप्लेक्स हो’ भने। त्यो दिन म झन्डै बेहोस भएँ’ अर्यालले भने। २२ सेप्टेम्बर २०१६ मा अर्यालले ज्याक होम्ससँग घर निर्माण सम्झौता गरेका थिए ।

सिड्नीको दक्षिण पश्चिममा रहेको एडमन्डसन पार्कको उपनगरमा घर बनाउनको लागि उनले ३ लाख ९८ हजार ९५० डलर जग्गाको लागि तिरे । ज्याक होम्ससँगको घर निर्माणको लागि छुट्टै ३ लाख २२ हजार ४०० डलरको सम्झौता पनि गरे ।

 

 

 

प्रकाशित : 16 April, 2021

प्रतिक्रिया दिनुहोस्