केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदी र चुडालको आज संसदीय सुनुवाइ हुँदै

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०३, सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको आज संसदीय सुनुवाइ हुँदैछ ।

संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् । चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ ।

४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको थियो । चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएका थिए । तर, सर्वोच्चले सुवेदीको योग्यता सर्वोच्च अदालतको न्यायाधीश बन्न पुग्ने फैसला गरिदिएको बताईएको छ ।

 

 

 

प्रकाशित : 16 April, 2021

प्रतिक्रिया दिनुहोस्