केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोहलपुरमा बस र टिप्पर ठोक्किँदा पाँच जनाको मृत्यु, चारको सनाखत

सहयात्रा टिभी

रूपन्देही । वैशाख ४, बाँकेको कोहलपुरमा बस र टिप्पर ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ भएको दुर्घटनामा ज्यान गुमाएका ५ मध्ये चारजनाको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृत्यु हुनेमा टिप्परका सहचालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छन् ।

उनीहरू दुवै कोहलपुर–१२ मा बस्दै आएका थिए । यस्तै, सुर्खेत घर भएका ४१ वर्षीय जीवनकुमार बिक र झापाको मेची नगपारपालिका १० घर भएका छत्रबहादुर कटुवाल छन् । दुर्घटना ज्यान गुमाएकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न बाँकी छ ।

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना अ क–४१ नम्बरको टिपर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते ४१ मध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरू सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित : 17 April, 2021

प्रतिक्रिया दिनुहोस्