केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । वैशाख ६, नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताए ।

बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ । तर, उक्त बैठकमा पार्टीको असन्तुष्ट झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरू भने नजाने भएका छन् ।

खनाल–नेपाल समूहले कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको छ । एमाले उपाध्यक्ष एवम् माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरु बैठकमा सहभागी नहुने जानकारी दिइन् ।

यसैबीच एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : 19 April, 2021

प्रतिक्रिया दिनुहोस्