केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले कार्यालयका सचिव बन्न सफल भए शेरबहादुर तामाङ

सहयात्रा टिभी

काठमाडौं । बैशाख १०, नेता शेरबहादुर तामाङले नेकपा एमाले पार्टी कार्यालय सचिवको जिम्मेवारी पाएका छन् । बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले तामाङलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

तत्कालीन नेकपामा सुरुमा प्रचण्ड–माधव नेपाल समूहमा रहेका तामाङ पछि केपी ओली समूहमा लागेका थिए । एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् ।

 

प्रकाशित : 23 April, 2021

प्रतिक्रिया दिनुहोस्