केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रहस्यमयी ‘ड्राइगन’ गुफा, जहाँ ढुंगाबाट दुध बगिरहन्छ

सहयात्रा टिभी

सिन्धुपाल्चोक । बशाख १७, बौद्ध परम्पराको ध्वजा पताका दर्जोले सजिएको भिरसँगैको अनौठो कलात्मक शिला गुफा एकदम आर्कषक देखिन्छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा ३ भोताङ लार्केको जंगलमा रहेको अचम्मको ‘ड्राइगन गुफा’ रहेको छ ।

यहाँको कलात्मक नजारा देखेर सबै दंग छौ, यहाँको भिरको भित्तो नै अचम्मको देखिन्छ, यस्तो मान्छेले बनाउन बिलकुलै संम्भव छैन्,’ पाँचपोखरी ३ का अध्यक्ष ङिमाछिरिङ तामाङले बताए ।

पाँचपोखरी ३, भोताङका झाँक्री रेडी तामाङ लोप्चाकाअनुसार दुई शब्तादी पहिले त्यहाँ एउटा ठुलो भिर र भित्तोको थुम्कोजस्तो मात्रै थियो । त्यहाँ केही चौरी गोठाला मात्रै बस्थ्ये । पूर्णिमाको रातमा त्यहाँ अचानक चौरीको गोठबाट भागमभाग गर्न थाले । जब गोठाला र झाक्रीले भिरमा ठुलो आगोको ज्वालासहित कुनै सर्पजस्तै जिव आनन्द लिएर नाच्दै थियो । डराएर उनीहरुले टाढैबाट त्यो घटना हेरे । ‘भोलिपल्ट ती गोठालाले ड्राइगन आकारमा ढुंगामा कुदेको कलात्मक स्वरुप भेटे, यसलाई ठुलो दैवी शक्ति मानेर पुजा गर्दैआएका छौ,’उहाँले भन्नुभयो । कलात्मक शिलाको बीचमा ड्राइगनको टाउको थियो, त्यसलाई दुई स्थानीयले फुटालेर चोरेर बेच्न लगे, लैजाने क्रममा दुवै जनाको तत्कालै मृत्यु भयो ।

 

प्रकाशित : 30 April, 2021

प्रतिक्रिया दिनुहोस्