केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दिल्ली क्यापिटल्सको सानदार जित : आईपीएल

सहयात्रा टिभी

काठमाडौं । बशाख १७, दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । उक्त जितपछि दिल्ली अंक तालिकामा दोस्रो स्थानमा परेको छ ।

त्यसैगरी, बिहीबार राति अहमेदाबादमा भएको खेलमा कोलकताले दिएको १५५ रनको लक्ष्य दिल्लीले १६.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा ओपनर पृथ्वी शले ८२ रन बनाए । अर्का ओपनर शिखर धवनले ४६ रन बनाए । कप्तान ऋषव पन्त १६ रन बनाएर आउट भए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । कोलककता लागि आन्द्रे रसेलले अविजित रहँदै सर्वाधिक ४५ रन बनाए । यस्तैगरी सुबमन गिलले ४३ रन जोडे भने राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए । दिल्लीका अक्सर पटेल र ललित यादवले २–२ विकेट लिए ।

यस सिजन पाँचौ जित हात पारेको दिल्ली ७ खेलबाट १० अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । उता रोयल च्यालेन्जर्स बैंगलोरलाई भने दिल्लीले समान अंक भएपनि रनरेटमा पछि पारेको छ । कोलकताको भने यो पाँचौ हार हो । ७ खेलबाट ४ अंक मात्र रहेको कोलकता पाँचौ स्थानमै यथावत रहेको छ ।

 

 

प्रकाशित : 30 April, 2021

प्रतिक्रिया दिनुहोस्