केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रातो मच्छिन्द्रनाथको रथ निर्माण जारी (फोटो फिचर)

सहयात्रा टिभी

ललितपुर । बैशाख १९, रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य अहिले ललितपुरको पुल्चोकमा धमाधम जारी छ।

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रातो मच्छिन्द्रनाथको जात्रा कसरी संचालन गर्ने सम्बन्धित स्थानीय वासिन्दाका साथै सरकारलाई पनि चुनौती खडा भएको छ।

ललितपुरका जनप्रतिनिधि र जात्रासँग जोडिएका जातिका अगुवा कुनै पनि हालतमा रथारोहण गर्नैपर्ने पक्षमा छन् भने सरकारको निर्णयअनुसार सामाजिक दूरी कायम गरेर पनि जात्रा चलाउन सकिने बताईएको छ। वि सं २०७२ मा भूकम्पका कारण घरहरु भत्किएको बेला पनि यो जात्रा जात्रा सञ्चालन भएको थियो।

 

प्रकाशित : 2 May, 2021

प्रतिक्रिया दिनुहोस्