केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाडैं । बैशाख २०,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अफ्ट्यारा परिस्थिति आफैँले सुल्झाउन सकिनेछ । व्यवसायका क्षेत्रबाट यात्रा गर्ने अवसर पाइएला । खर्चमा वृद्धि हुनुको साथै परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । अध्ययनमा मन नजाला । प्रिय व्यक्तिसँग भेट हुनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा प्रगति हुने देखिएको छ । आम्दानिमा वृद्धि हुनुको साथै मेहनेतले काममा समेत सफलता मिल्नेछ । परिवारमा समय दिन सक्दा दिन सुखमय रहेनेछ । पारिवारिक माहोलनमा दिन वित्ला । दाम्पत्य जीवनमा खुसी भित्रने योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरुबाट सहयोग पाइनेछ । प्रशस्त माया गर्ने मानिसहरु पाइनुका साथै आफ्नो प्रशंसा सुन्न पाइएला । सन्तानको प्रगतिमा सामेल हुन पाइनेछ । धार्मिक काममा मन जानेछ । दाम्पत्य जीवन सुखमय रहला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो फाइदा हुने काममा संलग्न भइनेछ । नयाँ काम र नयाँ साथीको योग छ । मिष्ठान्न भोजन खान पाइएला । अरुको विवादास्पद समस्यामा पर्न सकिनेछ, वोलिवचनमा ध्यान दिनुहोला । प्रेम प्रस्तावबाट सकारात्मक नतिजा आउन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
समय केहि प्रतिकुल रहेपनि मेहनेतले हरेक कुरामा सफल हुन सकिनेछ । लामो यात्रा गर्ने अवसर पाइएला । सोचेको काम निकै मेहनेतका बाबजुत पुरा गर्न सकिनेछ । वैदेशिक यात्राको अवसर समेत देखिएको छ । प्रेम सम्बन्ध मजबुत रहनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोगले सोचेको काम बन्नेछ । धैर्य गर्न नसक्दा भने बनेको काम गुमाउनु पर्ने अवस्था समेत आइपर्न सक्छ । स्वास्थ्यमा केहि समस्या देखिने हुँदा, खानपानमा ध्यान दिनुहोला । प्रिय व्यक्तिसँग भेट हुनाले मनमा हर्ष जाग्नेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फजुल खर्चले आर्थिक अभाव उत्पन्न गराउन सक्छ । स्वास्थ्यमा कमजोरि देखिन सक्नेछ । सामाजिक काममा संलग्न भइ सेवा गर्ने मौका मिल्नेछ । प्रतिष्ठित व्यक्तिहरुबाट सम्मान पाइएला । अध्ययनमा प्रगति हुनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम सम्बन्ध सफल बन्दै जानेछ । साझेदारीमा गरेका काममा सफलता पाइनेछ । रमाइलो घुमघाममा दिनु वित्नाले मन हर्षित होला । परिवारमा समय दिन सकिनेछ । खर्चमा वृद्धि हुनुको साथै जिम्मेवारी समेत थपिनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवनशैलीमा ठूलो परिवर्तन आउने देखिएको छ । साथीभाईहरुसँगको भेटले मन हर्षित बनाउनेछ । गोप्य कुराहरुलाई गोप्य नै राख्नुहोला । आफन्तहरुले नै इष्र्या गर्ने छन् । मेहनेतले काममा सफलता पाइनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय अनुकुल रहनाले सोचेको काम पुरा हुनेछ । परिवाको साथमा घुमफिर गर्ने अवसर जुट्नुको साथै धार्मिक काममा मन जानेछ । मिष्ठान्न भोजनको योग छ । अध्ययनमा समय दिन नसकिएला । प्रेम र मित्रताको सम्बन्धमा प्रगाढता थपिँदै जानेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
दुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । कुनै कमिकमजोरि नभए पनि मनमा शान्ति नहुन सक्छ । आफन्छबाट टाढिनाले मनमा खिन्नता उत्पन्न होला । आम्दानिमा भने वृद्धि हुनेछ । नयाँ साथी बनाउने अवसर पाइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रिय व्यक्तिसँगको भेटले दिन हर्षमय बन्नेछ । जीम्मेवारी थपिनुको साथै दिगो फाइदा हुने काममा संलग्न भइएला । साइनो गाँस्दै आउनेहरुसँग सतर्क रहनुहोला । प्रेममा धोका हुने सम्भावना भए पनि नयाँ सम्बन्न गाँसिने उतिकै प्रवलता देखिएको छ ।

प्रकाशित : 3 May, 2021

प्रतिक्रिया दिनुहोस्