केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कप्तान मेसीको दुई गोलमा बार्सिलोनाको सानदार जित

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, कप्तान लिओनल मेसीको दुई गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ३–२ ले पराजित गरेको छ ।

भ्यालेन्सियाको मैदानमा सुरुमा गोल व्यहोरे पनि बार्सिलोनाले पुनरागमन गर्दै लगातार तीन गोल फर्काएको थियो भने पहिलो हाफको खेल बराबरीमा सकिएपनि दोस्रो हाफमा ५ गोल भयो । त्यसैगरी, खेलको ५०औं मिनेटमा गाब्रिएल पाउलिस्टाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता हासिल गरेका थिए । तर, ५७औं मिनेटमा मेसीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

खेलको ६३औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए भने ६९औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–१ को अग्रता बनायो । ८३औं मिनेटमा कार्लोस सोलरले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउन खोजेका थिए तर थप गोल हुन नसक्दा बार्सिलोना ३–२ ले विजयी भयो ।

जितपछि बार्सिलोनाले रियल समान ३४ खेलबाट ७४ अंक जोडेको छ । भ्यालेन्सिया ३४ खेलबाट ३६ अंकसहित १४औं स्थानमा रहेको छ ।

प्रकाशित : 3 May, 2021

प्रतिक्रिया दिनुहोस्