केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना संक्रमण नियन्त्रणका लागि ४२ जिल्लामा निषेधाज्ञा

सहयात्रा टिभी

३१ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक

काठमाडौँ । वैशाख २०, कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।

आज विहानदेखि बर्दियामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । यसअघि ठाउँ विशेषमा निषेधाज्ञा जारी गरिए पनि आज विहान ६ बजेदेखि आउँदो ३१ गते विहान ६ बजेसम्म पूर्णरुपमा निषेधाज्ञा लागू भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

बझाङमा र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ । बझाङमा आज विहान १ बजेदेखि २६ गते राति १२ बजेसम्म र बैतडीमा आज विहान ८ बजेदेखि जेठ २ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको गृहमन्त्रालयको विवरणमा उल्लेख छ ।

अर्घाखाँचीमा आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

कपिलवस्तुमा वैशाख २१ गते विहान ४ बजेदेखि ३१ गते राति १२ बजेसम्म, धादिङमा पनि वैशाख २१ गते विहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म, नुवाकोटमा २१ गते विहान चार बजेदेखि २७ गते राति १२ बजेसम्म र धनुषामा २१ गते विहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने सूचना जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका छन् । यसैगरी दैलेखमा पनि मंगलबार राति १२ बजेदेखि २८ गते राति १२ बजेसम्म जिल्लाभर पूर्ण निषेधाज्ञा लागू हुने छ ।

बागलुङ नगरपालिका क्षेत्रभर मंगलबार विहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यसअघि बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।

प्रकाशित : 3 May, 2021

प्रतिक्रिया दिनुहोस्