केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कस्तो लक्षण देखिएमा के खानेकुरा खाने त ? कोभिड–१९

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०,

कोरोना भाईरसको लक्षणअनुसार यस्ता खानेकुराहरु खानुहोस् :

खोकी लागेमा–मह, कागती, मन तातो बेसार पानी तथा झोलिलो खानेकुरा प्रसस्त पिउहोस्।

छिट्टै अघाएको महसुस भएमा–छिनछिनमा थोरै थोरै शक्तिवद्र्धक खानेकुरा खानु पर्दछ।

खाना नरुचेमा वा भोक कम लागेमा–फलफूल खाने ।

तौल घटेको महसुस भएमा–पर्याप्त मात्रामा पोषणयुक्त तथा सन्तुलित खाना खाने, पटक पटक थोरै मात्रामा खाना खाने।

सास फेर्न गाह्रो भएमा–कार्वोहाइड्रेड कम भएको खानेकुरा खाने र शक्तिका लागि स्वास्थ्यवद्र्धक चिल्लोभएको खाना खाने । जस्तै अण्डा, छाला निकालिएको मासु, तोफु, पनिर ।

शरीर दुखेमा वा थकाई लागेमा– प्रोटिनयुक्त खानेकुराहरु पर्याप्त मात्रामा खाने । गुलिया खानेकुरा कम खाने। त्यस्तै मध्यपान, धुम्रपान नगर्ने र चिया, कफी नखाने। शरीरको अवस्था अनुसारको योगा वा शारीरिक व्यायम गर्ने।

धेरै खकार, सिगान आएमा–भिटामिन सि युक्त फलफूल, तरकारी, अमिला फल, हरिया सागपात, सुप, मासु, एभोकाडो, टमाटर, पालुबगो खाने । त्यस्तै च्याउ, भान्टा, चिज, दही, मोही, माछा आदीले कफ वा खकार उत्पादनमा मद्दत गर्ने भएकाले यस्ता खानेकुरा लक्षण नहटेसम्म कम खाने ।

वान्ता भएमा–थोरै थोरै गरी पटक पटक खाना खाने, बिहान उठ्ने वितिक्कै सुख्खा खाना खाने, धेरै तातो खानेकुरा नखाने।

रक्तअल्पता देखिएमा–आइरन बढी भएका खानेकुरा जस्तैः हरिया सागपात, मासु, कलेजो, माछा, दाल, गेडागुडी खाने। खानामा नुनको मात्रा घटाउने, झोलिलो खानेकुरा र पानीको मात्रा घटाउने ।

ज्वरो आएमा–ज्वरो आउँदा शरीरलाई नियमित बेला भन्दा बढी शक्ति आवश्यक हुनाले खानाको मात्रा बढाउनु पर्दछ। आफ्नो नियमित खानामा शक्तिवर्धक, प्रोटिनयुक्त तथा भिटामिन र खनिज पदार्थयुक्त खानेकराहरु जस्तैः अन्न, माछा मासु, दुध, दाल, गेडागुडी, फलफूल तरकारी प्रयाप्त मात्रामा खाने ।

प्रकाशित : 3 May, 2021

प्रतिक्रिया दिनुहोस्