केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोनाबाट बाँके जिल्लामा थप ४ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, सोमबार राति र मंगलबार बिहान कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा गरी थप ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दगोरिया ६ कैलालीका ८० वर्षीय पुरुष, नेपालगन्ज उमनपा १० स्थायी वासिन्दा ७० वर्षीया वृद्ध, धनगढी १८ कैलालीका ५५ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका ५ की ६२ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी, बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा बाँके जिल्लाका १४१ जना रहेका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा आएर मृत्यु हुनेको संख्या १२५ जना रहेको बाँकेका कोरोना सम्पर्क व्यक्ति तेज वलीले जानकारी दिए ।

 

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्