केपी ओली प्रचण्ड माधव नेपाल एमाले


६ वर्षपछिको लामो अन्तरालपछि इजरायलमा खुल्यो ‘केयरगिभर’ भिसा

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ। इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था रहेको छ।

उक्त सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख गरीएको छ।

त्यस्तै, नेपाल–इजरायलबीच गत असोज श्रम सम्झौता भई श्रमिक पठाउनेसम्बन्धी माघमा समझदारी बनेको थियो। निर्देशिका जारी भएसँगै नेपाली श्रमिक केयरगिभरका लागि इजरायल जान पाउनेछन्।

निर्देशिका अनुसार विगतमा इजरायल गई काम गरेका, आमा, बुवा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका र लागूपदार्थ वा मादक पदार्थ दुव्र्यसनमा लागेका व्यक्ति इजरायल जान पाउने छैनन्।

पहिलो चरणमा पाँच सय जना नेपाली इजरायल जान पाउनेछन्। सरकार टु सरकार (जीटुजी) मार्फत कामदार इजरायल जान पाउनेछन्। इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेरसमूहको हुनुपर्छ। दस जोड दुई पास गरेर तीन महिनाको केयरगिभर तालिम लिएकाले अवसर पाउनेछन्।इजरायल जान हिब्रु र अंग्रेजी भाषा जानेको हुनुपर्छ। ४.९ फिट र ४५ केजी भएको व्यक्ति मात्रै इजरायल जान पाउने छन्। शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको व्यक्ति मात्र छनोटमा पर्ने छन्।

वैदेशिक रोजगार विभागले सूचना जारी गरी सक्कल कागजातसहित समय तोकेर उपस्थिति गर्न अनुरोध गर्नेछ। विभागले आवेदकको उचाइ र तौल परीक्षण गरी अनलाइनमा प्रविष्ट गर्नेछ। त्यसपछि मात्रै अंग्रेजी भाषा परीक्षणमा सामेल हुन पाइन्छ। समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित भएको छ ।

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्