केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नारीको खुट्टामा हुन्छ यस्ता संकेत जस्ले बताउँछ पतिको भविष्यको रहस्य

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, संसारको सबैभन्दा अद्भुत रचना मानव शरीर हो र यसभन्दा पनि अझ अनौठो यस बारे शास्त्रमा उल्लेख गरिएको जानकारीहरु रहेका छन् ।

सामुन्द्रिक शास्त्रमा मनुष्यको हाउ–भाउ, अनुहार र शारीरिक बनावटको आधारमा विविध पक्षहरुमा विस्तृत चर्चा गरिएको छ । यस अनुसार स्त्रीको पाउले उनको पतिको भविष्य बारे धेरै कुराहरु बताउने गर्छ ।

पुराण अनुसार पति-पत्नीलाई एक(अर्काको पूरक मानिने गरिन्छ भने तथ्यको आधारमा स्त्री होस् या पुरुष, उनीहरुको शरीरमा रहेको केही यस्तो निशान उनको जीवनसाथीसँग सम्बन्धित हुने मान्यता रहेको छ ।

स्त्रीको खुट्टाको पैतालामा चक्र, ध्वज या स्वस्तिकको निशाना छ भने त्यस्तो स्त्रीसँग विवाह गर्ने पुरुषले राज सुख प्राप्त गर्दछ ।

जुन स्त्रीको खुट्टाको तलको हिस्सामा कुनै रेखा जस्तो खुट्टाको औंला तिर गईरहेको छ भने त्यस्तो स्त्री पतिको लागि शुभ मानिन्छ ।

स्त्रीको पाउको दोस्रो औँला, जसलाई चोरी औँला भनिन्छ, अन्य बाँकी औंलाको तुलनामा ठुलो भने यस्ता स्त्रीहरू आफ्नो पतिसँग काँधमा काँध मिलाई साथ जुनी सँगै रहने(हिड्ने बाचा गर्छन ।

स्त्रीको खुट्टाको पैतालामा कमल या छाताको निशान छ भने त्यस्ता स्त्रीहरुको पतिले राजनीतिक क्षेत्रमा सफलता प्राप्त गर्छन र उनले समाजमा मान-सम्मान प्राप्त गर्नुको साथै सधैँ प्रसिद्धिले साथ दिन्छ ।

स्त्रीको खुट्टाको माझी औंला र साइली औंलाको लम्बाई लगभग समान छ भने यस्ता स्त्रीको पति सधैँ आर्थिक अभावमा पर्छन । यस्ता स्त्रीको आफ्नो माइती पट्टीसँग सम्बन्ध सुमधुर भए पनि पति र परिवारसँगको सम्बन्ध राम्रो हुदैन ।

कुनै स्त्रीको खुट्टाको कुर्कुचा गोलो, कोमल र आकर्षक छ भने यस्ता स्त्रीहरुले आरामदायी जीवनशैली प्राप्त गर्छन । तर यसको विपरित कुर्कुचा मोटो र कडा छ भने उनीहरुको जीवन संघर्षशील हुने गर्छ ।

 

 

 

 

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्