केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अर्को हप्ता चीनबाट २० हजार अक्सिजन सिलिन्डर आउँदै

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अर्को हप्ता चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उहाँले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए । ‘हामीसँग अक्सिजन ग्यासको कमी छैन’, उनले भने, ‘तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु¥याउन कठिन भएको हो ।’ मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।

त्यस्तै, नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्