केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना महामारीको बेला यार्सा सङ्कलन गर्नको लर्को (फोटो फिचर)

सहयात्रा टिभी

बझाङ । बैशाख २२, बझाङमा यतिबेला यार्सा संकलनको सिजन भएका कारण भारतबाट आउनेहरु पनि यार्सा संकलन गर्न लेकतिर जान थालेका छन् । जिल्लामा निषेधाज्ञा लगाइएको भए पनि यार्सा संकलन गर्न लेकतिर जानेको लर्को रोकिएको छैन ।

त्यसैगरी, निकैलामो समयसम्म खडेरीले खेतबारीमा लगाएको अन्नबाली सबै सुकेकाले यार्सा संकलन गर्न लेकतर्फ जानेहरुको लर्को लागेको हो । हरेक वर्ष बझाङमा यार्सा संकलनका लागि मात्रै ४०/५० हजारभन्दा धेरै स्थानीय लेकतिर जाने गरेका छन् । जिल्लाको सुर्मा, साइपाल, तलकोट, मष्टा, छबिस पाथिभेरा गाउँपालिका र बुंगल नगरपालिकाका धेरैजसो बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा र अरु जडीबुटी नै रहेको छ ।

बुङगल नगरपालिकाका धौलाढुङगा, चुफी, कालीगाड, छरछरे, जलजला, नीलखट्टी, ठाडे सुर्मा र साइपाल गाउँपालिका जलजला, डाँफेचुली, तपोवन, डाँडा, ठाडे, जर्सी, गोलढुंगा, माझा, फरालखेत, कालापानी, राइढुंगी स्याङवन, लगायतका वन क्षेत्रमा यार्सा संकलकहरु पुगिसकेका छन् ।

 

प्रकाशित : 5 May, 2021

प्रतिक्रिया दिनुहोस्