केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कालो दाग भएको केरा खानु फाइदै फाइदामा रहनु

सहयात्रा टिभी

काठमाडौं । बैशाख २२, पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका रोगबाट बचाउँछ । पूर्ण रुपमा पाकेको केराको बोक्रामा केही काला दाग देखिन्छन् । यस्ता छन् पाकेको अथवा कालो दाग भएको केरा खानुको फाईदा :

१) बोक्रामा कालो दाग हुने गरेको पाकेको केरा खाँदा क्यान्सर जस्तो खतरानक रोगबाट बच्न सकिन्छ । पूर्ण रुपमा पाकेको केरा, जसको बोक्रमा कालो दाग हुन्छ, टीएनएफ नाक तत्वले भरिपूर्ण हुन्छ । उक्त तत्वलाई ट्यूमर नेक्रोसिस फेक्टर पनि भनिन्छ । सो तत्वले शरीमा क्यान्सर उत्पादन गर्ने ब्याक्टेरियासँग लड्छ ।

२) केरा पाकेमा एन्टी–अक्सीडेन्ट तत्वको स्तर उच्च हुन्छ । सो तत्वले तपाईको प्रतिरक्षा तन्त्रलाई अधिक बलियो बनाउँछ भने सेता रक्तकोष निर्माणमा पनि योगदान पुर्याउँछ ।

३) बोक्रामा कालो दाग देखिने गरी पाकेको केरामा प्राकृति शर्कराको मात्रा धेरै हुन्छ । यसले रगतमा शर्कराको मात्रालाई बढाउन मद्दत पुर्याउँछ । यद्यपि मधुमेह रोगबाट पीडित व्यक्तिले भने यो केरा खाँदा होस पुर्याउनु पर्छ ।

४) केरा जति परिपक्व हुँदै जान्छ, त्यसमा रहेको पोषक तत्वको मात्रा पनि आठ गूणाले बढेर जान्छ । यसप्रकारले पूर्ण रुपमा पाकेको केरा (जसको बोक्रामा कालो दाग हुन्छ) बाट तपाईले भरपूर मात्रामा पोषक तत्व प्राप्त गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित : 5 May, 2021

प्रतिक्रिया दिनुहोस्