केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री ओली बुढानिलकण्ठ प्रस्थान

सहयात्रा टिभी

काठमाडौं । बैशाख २२, प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्न बुढानिलकण्ठ पुगेका छन् ।

त्यस्तै, विश्वासको मत लिने बताएपछि विपक्षीहरुले निरन्तर छलफल जारी राखेपनि सभापति देउवालाई भेट्न प्रधानमन्त्री ओली आफै बुढानिलकण्ठ पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि देउवा निवास पुगेका छन् ।

 

प्रकाशित : 5 May, 2021

प्रतिक्रिया दिनुहोस्