केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, साताको अन्तिम कारोबार दिन नेप्से सूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा अडिएको छ ।

त्यसैगरी, यसदिन ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने २ सय १६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । ३ वटा समूह बाहेक अरु समूहको सूचकाङ्कमा भने गिरावट भएको छ ।

यता, २ वटा कम्पनी खानीखोला हाइड्रोपावर कम्पनी र जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयरको भाउ १० प्रतिशतले बढेको छ भने सात कम्पनीको सेयर भाउ ९५ भन्दा माथि रहेको छ ।

आज एचआइडीसीएलको ४६ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने एनसीसी बैंक र लक्ष्मी बैंकको पनि सबैभन्दा बढी सेयर कारोबार भएको छ । एजेन्सीहरुको साथमा ।

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्