केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्‍य ११ सयले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । बैशाख २४, नेपाली बजारमा सुनको मूल्‍य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य शुक्रबार ९१ हजार सात सय रुपैयाँ पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तेजाबी सुनको मूल्‍य ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ भने बिहीबार छापावल सुनको कारोबार मूल्य ९० हजार एक सय रुपैयाँ प्रतितोला थियो ।

यता आज चाँदीको मूल्‍य पनि तोलामा १५ रुपैयाँ मात्रैले बढेको छ भने हिजो १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य आज १३३० रुपैयाँ तोकिएको छ ।

 

 

 

 

 

 

 

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्