केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज पाँचौ राष्ट्रिय पत्रकारिता दिवस : चार संचारकर्मी पुरस्कृत

सहयात्रा टिभी

काठमाडौं । बैशाख २४, नेपालमा आज कै दिनबाट गोरखापत्र प्रकाशन शुरु भएकोले आजको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने मनाउने गरिन्छ ।

त्यस्तै, सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो।

यसैबिच राष्ट्रिय पत्रकारिता दिवस २०७८ को उपलक्ष्यमा प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले चार अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेकोे छ । पुरस्कृत हुने पत्रकारमा गोविन्दचन्द्र क्षेत्री (झापा), गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङ (उदयपुर) र ललित भट्टराई (मोरङ) रहनुभएको छ ।

उहाँहरुलाई रु एक लाख र सम्मान पत्रद्वारा उपयुक्त समयमा सम्मान गरिने मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरले बताउनु भयो । नेपाल टेलिभिजनको साथमा ।

 

 

 

 

 

 

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्