केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कैलालीमा चार घण्टाको अवधिमा ६ जना संक्रमितको मृत्यु

सहयात्रा टिभी

धनगढी । वैशाख २६, कैलालीमा गएराति ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । राति साढे ७ देखि साढे ११ बजे चार घण्टाको अवधिमा ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकात्मक तस्वीर

मृतकमध्ये तीन जना सेती प्रादेशिक, दुई जना टीकापुर अस्पताल र एक जनाको निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उपचारको क्रममा धनगढी उपमहागनरपालिका वडा नम्बर ४ कि ४५ वर्षीया महिलाको शनिबार राति ९ बजे र वडा नम्बर १८ का ५० वर्षीया महिलाको साढे ११ बजे मृत्यु भएको छ । शनिबारनै कोरोना पुष्टि भएका उनीहरुको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । त्यस्तै, सोही अस्पतालमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ कि ६० वर्षीया महिलाको राति साढे ७ बजे मृत्यु भएको छ । उनलाई यही वैशाख १७ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी टीकापुर अस्पतालमा उपचारको क्रममा टीकापुर नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुष र सोही नगरपालिकाका अर्का एक ५० वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । एक जनाको साढे ७ बजे र एक जनाको सवा १० बजेको समयमा मृत्यु भएको सूचना अधिकारी जोशीले जानकारी दिए । उनीहरु दुबै जनालाई शनिबारनै कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, निजी अस्पतालमा लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का एक ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको राति पौने १० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्