केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्यमा सामान्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । बैशाख २६, नेपाली बजारमा आज सुनको मूल्य १ सयले बढेर ९१ हजार ८ सय रूपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ९१ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रूपैयाँ थियो भने आज तोलामा १ सयले बढेको हो ।

आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ रहेको छ ।

यता चाँदीको मूल्य आज१ हजार ३ सय ४५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

 

 

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्