केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हावामार्फत समेत फैलन सक्ने कोरोनाबाट यसरी अपनाउनुहोस् सावधानी

सहयात्रा टिभी

काठमाडौं । बैशाख २६, हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने बताएको छ ।

संक्रमित व्यक्तिले श्वास फेर्दा भाइरसयुक्त ओसिला कणहरु हावामा मिनेटदेखि केही घण्टासम्मै छाड्ने भएकाले हावामार्फत् कोरोना सर्ने सो केन्द्रले बताएको छ ।

त्यस्तै, खुला ठाउँमा ६ मिटरको दुरी राखेर मास्क लगाई बस्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना कम हुने भए पनि यदि बन्द कोठाभित्र संक्रमित व्यक्ति १५ मिनेटभन्दा लामो समय रहेको छ भने संक्रमण हावामा समेत मिसिन सक्ने बैज्ञानिकहरुले बताएका छन् ।

सुरुमा हावाबाट कोरोना फैलिने कुरा मान्न तयार नरहेको विश्व स्वास्थ्य संगठनले पनि आफ्नो गाइडलाइन अपडेट गरी हावाबाट कोरोना सर्न सक्ने जनाएको छ ।

त्यसैगरी, हावाबाट पनि कोरोना सर्न सक्ने नयाँ तथ्यसँगै वैैज्ञानिकहरुले भेन्टिलेसन नभएको बन्द कोठामा संक्रामक वा संक्रमणको जोखिम भएका व्यक्तिसँग ६ मिटरको दुरी राखेर पनि नभेट्न सुझाएका छन् ।

 

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्