केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१ सयवटा अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउदै : एनआरएनए

सहयात्रा टिभी

काठमाडौं । बैशाख २६, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीहरूका लागि १ सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको छ ।

उक्त बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउँदै अल्पकालिन तथा दीर्घकालीन योजनासहित अघि बढ्नुपर्ने सुझाव दिए ।

बैठकमा संघका उपाध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितिसँग जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए ।

त्यस्तै बैठकमा बोल्दै गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सकृयतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको बताए ।

बैठकमा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिइन् ।

बैठकमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले कोरोना भाइरसको संक्रमणका बिरुद्ध लड्न नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट आर्थिक संकलन भैरहेको जनाए ।

बैठकमा अमेरिका, अष्ट्रेलिया, आयरल्याण्ड, द नेदरल्याण्डस, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानाडा, अष्ट्रिया, कतार, अफ्रिका, चीन, लगायत संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद, पदाधिकारी तथा आइसीसी सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्