केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोरङमा चट्याङ लागेर १ जनाको मृत्यु, २ जना घाइते

सहयात्रा टिभी

मोरङ । बैशाख २६, चट्याङ लागेर मोरङमा १ जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० वर्षीय प्रविन माझीको चट्याङ लागेर गम्भिर घाइते भएका उनको रंगेली अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरियाका ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती २६ वर्षीय जाननारा खातुन चट्याङ लागी घाइते भएका हुन् । उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

 

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्