केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिंहदरबारमा राजीनामाबारे माधव नेपाल पक्षको सांसदसँग छलफल जारी

सहयात्रा टिभी

काठमाडौं । बैशाख २६, प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा कस्तो रणनीति भन्नेबारे नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदको छलफल सुरु भएको छ ।

सांसद पदबाट राजीनामा दिने वा अरु विकल्पमा जाने भन्ने विषयमा निर्णय लिन नेपाल पक्षका सांसद सिंहदरबारमा छलफलमा जुटेका हुन् । भर्चुअल माध्यमबाट भएको बैठकले सांसदहरुसँग छलफल गरेर मात्र राजीनामाबारे कदम चाल्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्कन तयार नभएकाले सामूहिक राजीनामा दिने यो समूहले निष्कर्ष निकालेको छ ।

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्